गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

प्रदेशका एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचारका निम्ति खर्च गर्ने निर्णय गरेको बताए।

कोरोनाको महामारीका बेला पनि मन्त्री र सांसदहरुले पर्वभत्ता लिएको भन्दै चौतर्फी रुपमा विरोध भएपछि संघ र प्रदेशका मन्त्री तथा सांसदहरुले भत्ता फिर्ता गर्न लागेका हुन्।