सागका स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

-


     मर्दी न्युज    
     २५ मंसिर २०७६ मा प्रकाशित


SAG Games

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने र टिम इभेन्टमा स्वर्ण जित्ने समूहले जनही ५-५ लाख पाउनेछन् ।

त्यस्तै रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख दिने बुधबार सागका पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

कामाडौंमा मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।