पुस १ गतेदेखि प्याब्सन स्पोर्टस् मिट

-


     मर्दी न्युज    
     मंसिर २५ गते २०७६ मा प्रकाशित


Pabson Sport Meet

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ कास्कीले पुस १ गतेदेखि ‘१६औं प्याब्सन स्पोटर््स् मिट’ आयोजना गर्ने भएको छ । सो कुरा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।

२०४७ सालदेखि प्याब्सन स्पोटर््स् मिट सञ्चालन गर्दै आइरहेका कास्की शाखाको यो १६ औं संस्करण भएको अध्यक्ष प्रमप्रसाद शर्माले बताए ।
१ सय २ भन्दा बढी विद्यालय आबद्ध कास्की प्याब्सनको खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स खेलहरु समावेश गरिएको बताए ।

शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित प्याब्सन स्पोर्टस् मिट अनौपचारिक रुपमा मंसिर २६ गतेदेखि नै शुरु गरिने १६ औं प्याब्सन स्पोटर््स् मिटका संयोजक मथुराप्रसाद पौडेलले जानकारी गराए ।

प्याब्सन स्पोर्टस् मिट अन्तर्गत छात्र सिनियर तथा जुनियर फुटबल, छात्र–छात्रा भलिबल, टेबल टेनिस, एथेलेटिक्स हुनेछन् । औपचारिक रुपमा पुस १ गते उद्घाटन गरी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्याब्सन कास्कीले प्रत्येक दुई वर्षमा स्पोटर््स् मिट सञ्चालन गर्दै आइरहेको छ । दैनिक १० हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकले खेलको अवलोकन गर्ने प्याब्सन कास्कीले बताएको छ ।