प्रदेश र स्थानीय सरकार जनताको लागि– गुरुङ

-


     मर्दी न्युज    
     २६ मंसिर २०७६ मा प्रकाशित


Kohibo

पोखरा । प्रदेश र स्थानीय सरकार जनताको सेवाको लागि भएको प्रदेश सांसद मनबहादुर गुरुङले बताए । सो कुरा विहीबार सिक्लेसमा नम्चु चिउली युउला क्होइबोको शिलान्यास गर्दै उनले भने– ‘तपाईंहरुले हामीलाई यहाँको समस्या समाधानको लागि पठाएको हो, यसमा हामीले सहयोग गरेन भने पाप लाग्छ ।’
‘मादी गाउँपालिकामा २२ अर्ब सहयोग आउँदा हामीले २ अर्ब मात्र सदुपयोग गर्न सक्यौं ।’ – उनले भने– ‘युवाहरू वैदेशिक रोजगारीको लागि नगएको भए सबै सदुपयोग हुने थियो ।’
त्यस्तै प्राकृतिक पूजारी गुरुङहरुले क्होइबो निर्माणमा ढिलाई भएको बताए । ‘१५ सय वर्ष अगाडि क्रिस्चियनहरुले चर्च बनाए, मुस्लिमले मस्जिद बनाए त्यसैगरी हिन्दु र बौद्धले मन्दिर र गुम्बा बनाए, तर तमुहरुले बल्ल पवित्र स्थल क्होइबो बनाउँदै छ’ उनले भने— ‘गुरुङको संस्कार, संस्कृति, पच्यु–क्ल्हेप्रीको प्ये छ्याको लागि सिक्लेस जानु भन्ने ठाउँमा बल्ल क्होइबोको शिलान्यास भएको छ ।’ यो पवित्र कार्य ढिलै भएपनि प्रदेश सरकार र मादी गाउँपालिकाको तर्फबाट हाललाई २० लाख सहयोग गर्ने पनि उनले बताए ।
गुरुङहरु जहिले पनि एकतामा बल हुने कुरामा नभुल्न पनि उनले सुझाए । आफूले फेसबुकतिर कहिलेकाहीँ जंगलको राजा सिंहलाई पनि अर्नाको हुलले मार्न सफल भएको देखेको बताउँदै गुरुङहरु आप्mनो भाषा, संस्कार र संस्कृति जोगाउन सदा एकजुट हुनुपर्ने बताए ।
नम्चु चिउली युउला क्होइबोका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु, तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका अध्यक्ष पुष्पा तमुलगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ, तिलक गुरुङ, आशा गुरुङलगायतले आप्mनो प्रस्तुति दिएका थिए ।