राष्ट्रिय टुर गाइड प्रशिक्षण हुने

-


     मर्दी न्युज    
     मंसिर २९ गते २०७६ मा प्रकाशित


Mardi News

Mardi News Mardi News

पोखरा, २९ मंसिर । नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेण्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पहिलो पटक नेशनल टुर गाइड प्रशिक्षण हुने भएको छ । आगामी पुस ७ गते तदनुसार २३ डिसेम्बर २०१९ देखि पोखरामा शुरु हुने प्रशिक्षणको अवधि १० हप्ताको हुनेछ ।
नेपाल पर्यटन बोर्डको प्रबद्र्धन र नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (नाथुम) को प्राबिधिक सहयोगमा पोखरामै पहिलो पटक National Tour Guide Training आयोजना गर्न लागेको हो । उक्त तालिममा सहभागी हुनको लागि स्नातक वा सो सरहको योग्यता चाहिन्छ भने तालिम शुल्क २५ हजार लाग्ने पोखरा सिटि टुर गाइड एसोसिएसन (PCTGA) का अध्यक्ष श्रीकृष्ण भारतीले बताए ।
सहभागी हुन चाहनेहरुले मंसिर ३० गतेसम्म नाट्टा कार्यालयमा आवेदन दिन सक्नेछ ।