विद्या भट्टराईले लिए पद तथा गोपनियताको शपथ

-


     मर्दी न्युज    
     पुस १ गते २०७६ मा प्रकाशित


Biddha Bhattarai- Mardi

फाइल फोटो

काठमाडौं, १ पुस । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छिन् । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।