सभामुख छान्ने प्रक्रिया ११ गतेदेखि

-


     मर्दी न्युज    
     ४ पुस २०७६ मा प्रकाशित


Sabhamukh - Sansad

काठमाडौँ, ४ पुस । प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको शुक्रबार (आज) बसेको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते १ बजे बस्ने तय गरेको हो ।

सोही बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने छ । संसदको हिउँदे अधिवेशन आज अपरान्ह ४ बजेबाट सुरु हुनेछ । संसद एक साता स्थगित गरिनेछ ।
पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

बलत्कारको आरोप लागेपछि असोज १४ मा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए ।