एउटा अनमोल श्रष्टाको अन्त्य

-


     मर्दी न्युज    
     ६ पुस २०७६ मा प्रकाशित


Suk Grg Mardi News

पोखरा, ६ पुस । चर्चित गीतकार तथा संगीतकार सुकबहादुर गुरुङको उपचारको क्रममा आइतबार निधन भएको छ ।
आँखैमा झलझली हितैको दौंतरी, छेक्यो छेक्यो देउराली डाँडा, भाइटीकामा भेट्न आउँला, दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु, दोबाटोमा आँखाहरु नजुधेका हैन, आदि दर्जनौं चर्चित गीतका सर्जक सुकबहादुर गुरुङको लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेपछि बिरामी अवस्थामा थिए ।
उनको उपचारको लागि वि.सं. २०७३ सालमा सहयोग समिति गठन गरी सोही समितिको सहयोगबाट नियमित डायलसिस गर्दै आएका थिए । उपचारकै क्रममा रहेका गुरुङको आइतबार निधन भएको सहयोग समितिका सचिव भुपाल गुरुङले जानकारी गराए ।
गुरुङ भण्डारढिकमा बस्दै आएका थिए ।