
पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यही पुस १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुस १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको उनले जनाए ।
संघीय सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय विदा कटौती गरेको भन्दै हालै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायद्ले अधिराज्यभर प्रदर्शन समेत गरेका थिए । छोंज धींले तमु ल्होसारमा तीन दिन विदा दिन माग गर्दै आइरहेको छ ।