
पोखरा । च्यु ल्होसारको उपलक्ष्यमा तमु प्ये ल्हु संघको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले ब्लड व्याग हस्तान्तरण गरी शनिबार भएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको संघका महासचिव हर्कबहादुर गुरुङले बताए ।

रक्तदान कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजातिहरुको हक अधिकारको लागि सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने बताए ।
उनले रक्तदान जस्तो महत्वपूर्ण मानव सेवा अरु नहुने बताउँदै च्यु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघले गरेको सकारात्मक कार्यको प्रशंसा गरे ।
त्यसै गरी थकाली सेवा समाजका अध्यक्ष अम्बरबहादुर थकाली, तमु प्ये ल्हु संघको संस्थापक भोवर पाल्जें तमु, संघका पूर्व अध्यक्ष इन्द्रबहादुर केप्छें तमुलगायतले आआप्mना मन्तव्य राखेका थिए ।
रक्तदानसँगै शुभकामना शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष आईबहादुर ल्हेंगे तमुको अध्यक्षतामा भएको थियो ।
च्यु ल्होसारको विविध कार्यक्रम अन्तरगत भोलि १३ गते रस्साकसी र छेलो प्रतियोगिताको कार्यक्रम रहेको छ ।