पोखरा, १२ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको शनिबार पोखरामा उद्घाटन गर्दै भट्टराईले पोखरा विमानस्थललाई कसरी जोड्ने भन्ने विषयमा सोची रहेको बताए ।
‘सन् २०२०मा विमानस्थलको निर्माणको काम सम्पन्न हुनेछ,’ मन्त्री भट्टराईले भने– ‘विदेशबाट समेत उडानका लागि सरकारले तयारी थालेको बताए ।’ उनले पोखरा विमानस्थललाई आन्तिरक विमानस्थलको हवको रुपमा समेत विकास गर्ने खोजेको बताउँदै त्यसका लागि छिट्टै नै नेपालका विभिन्न ठाउँबाट पोखरामा हवाई सञ्जाल जोड्ने बताए । भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज पोखरा विमान उडाउने बताए । त्यसका लागि पोखरामा पर्यटकीय पुर्वाधारहरु थप्दै जानुपर्ने बताए ।
पुर्वाधार निर्माणका लागि पोखरा महागरपालिका मयेर मानबहादुर जिसीलाई योजना बनाएर आउन आग्रह गरे । पोखरामा पार्क, साइकल लेन लगाएतका योजना बनाउन उनको सुझाव थियो । फेवातालको ताल मुनिको जग्गा व्यक्तिको नाममा भएको लालपुर्जा कसरी हुन्छ भन्दै प्रश्न गरे ।
मन्त्री भट्टराईले पोखराको रत्नमन्दिर र हिमा गृहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सरकारले नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेको बताए । उनले रत्नमन्दिर र हिमा गृहलाई लिज दिने नभई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताए । मन्त्री भट्टराईले पर्यटन विकासका लागि पोखरालाई चौविसै घण्टा खुल्नुपर्ने र त्यसको सुरक्षाको ग्यारेण्टी सरकारले लिने प्रतिबद्धता जनाए ।
उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले पोखरा सडक महोत्सवले पोखराका ब्राण्डीङमा ठुलोमद्दत गरेको बताए । उनले पोखराको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने बताए । उनले रत्नमन्दिर र हिमागृहलाई भाडा नदिइ सम्पदाकै रुपमा विकास गर्ने बताए ।
कार्यक्रमा गण्डकी प्रदेशका सांसद राजिब पहारीले रत्नमन्दिर जनवरी १ तारिकमा नभई माघ १ गतेबाट सन्चालन आउने बताए । उनले रत्नमन्दिरको भौतिक पुर्वाधार विकासका लागि सांसदकोषबाट २५ लाख रुपैया आफुले छुट्टाएको बताए ।
कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान)का कार्यवाहक अध्यक्ष सर्घष विष्टले पोखरा सडक महोत्सवले नेपालको नै सान बढाएको बताए । त्यसै गरि पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जी पोख्रेलले पोख्ररेली जनताले बेला बेलामा आन्दोलन मात्रै गर्न बाध्य पार्ने गरेको भन्दै रत्नमन्दिर र हिमागृहलाई भाडामा दिए फेरी आन्दोलन जाने बताए ।
महोत्वसका संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुदै आएको पोखरा सडक महोत्सवले देशकै आर्थिक बृद्धिमा टेवापुगेको बताए । कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा अध्यक्ष भिमसेन भुजेल, सचिब विकास भट्टराई लगायतले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा ल्याउन सफल भएको बताए ।