पोखरा । नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० औं मिनेटमा गोल गरेका थिए । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।