पुरुष फुटबलमा नेपाल साग च्याम्पियन

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०७६ मा प्रकाशित


२४ मंसिर, काठमाडौं– १३ औं सागअन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै स्वर्ण पदक नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलको अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा गोल गरी नेपाल र भुटान बराबरी गोलमा समेटिएका थिए ।

नेपालको लागि ५४ औं मिनेटमा सुनिल बलले १ गोल थपे पछि नेपालले स्वर्ण पदक चुमेको हो । सुनिलले हेडमार्फत १ गोल थप गरेपछि भुटानले गोल गर्न सकेनन् । नेपालले २–१ को जितसँगै स्वर्ण जितेको हो ।

३२ औ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन भने खेलमा भुटान निकै आक्रमक देखिएको थियो ।

सागको इतिहासमा पहिलो पटक फाइनल खेलेको भूटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल निकै रोमाञ्चक देखिएको थियो ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली हो ।