मनाङ र मच्छिन्द्रका खेलाडीबीच मैदानमै घम्साघम्सी

-


     मर्दी न्युज    
     २१ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २१ पुस । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा झडप भएको छ । लिगको रोमाञ्चक भिडन्तमा उपाधि होडमा रहेका मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबका खेलाडीबीच मैदानमै घम्साघम्सी भएको हो ।
सोमबार २÷२ गोलको बराबरीमा खेल सकिएलगत्तै खेलाडीबीच हात हालाहाल भएको थियो ।

रेफ्रीले अन्तिम सिठ्ठी फुकेलगत्तै मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रको दीपक राईबीच भनाभन भएको थियो ।

त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए । रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिए ।
त्यसपछि दुवै टिमका खेलाडीबीच घम्साघम्सी झन् बढ्यो ।
दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा सुरक्षाकर्मीले झगडा छुट्याएका थिए ।