
तस्विरः एजेन्सी
पोखरा, २२ पुस । अमेरिकाले गत शुक्रबार हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ । एपीन्यूज डट कममा प्रकाशित समाचारअनुसार २ सय १३ भन्दा बढी घाइते भएको जनाइएका छन् ।
केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा लाखौं मानिसहरु भेला भएको थियो । सुलेमानी केरमन शहरका बासिन्दा थिए ।
शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र झण्डा बोकेका थिए । अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । भागदौडको घटनाबारे विस्तृत समाचार आउन भने बाँकी छ ।