अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल हुने

-


     मर्दी न्युज    
     पुस २४ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २४ पुस । भ्याली स्पोर्टस् क्लब रामबजारले सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा आज विहीबार पत्रकार सम्मेलन गरी क्लबले पुस २९ गतेदेखि माघ ४ गतेसम्म पोखरा–१५ स्थित कोलपाटन खेलमैदानमा आयोजना गरिएको जानकारी दिएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ५ दिनसम्म हुने खेलमा २४ टीमको सहभागिता रहने मुल आयोजक समितिका संयोजक विश्व तण्डुकारले बताए ।

‘अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता’मा ०६ बिग्रड अफ गोर्खाज युकेका २ टीम, आयोजक टीम र स्थानीय उत्कृष्ट क्लबहरुमध्येबाट गरी २४ टीमको सहभागिता रहने बताए । उत्कृष्ट टीमहरुको सहभागी हुने हुँदा खेल निकै प्रतिस्पर्धात्मक र दर्शकको उपस्थिति बाक्लो रहने आयोजकले विश्वास गरेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगदसहिद शिल्ड, मेडल एवं प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडीले १२ हजार नगद राशी प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले ७ हजार प्राप्त गर्नेछ ।