जिप पल्टिँदा एकको मृत्यु

-


     मर्दी न्युज    
     २६ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २६ पुस । पोखरा महानगरपालिका वडा नं. १३, आर्वास्थित थापाको चौतारामा शनिवार जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा दरौ सिरुबारी घर भई पोखरा –१४ चाउथे बस्ने १७ वर्षीय लक्ष्मण भन्ने मनबहादुर सुनारको मृत्यु भएको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उपल्लो गाउँबाट काहुँखोलातर्फ आउदै गरेको कुखुराको दाना बोक्ने ग २ च ९८५ नं.को जिप आफै अनियन्त्रित भई पल्टिएको हो ।

अन्य २ जना सामान्य घाइते रहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।