समाजलाई माथि उठाउने दायित्व महिला पत्रकारहरुको पनि हो– मन्त्री पुन

-


     मर्दी न्युज    
     २८ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २८ पुस । समाजका ‘ईश्यु’लाई महिला पत्रकारहरुले खोज पत्रकारिताको मध्यमबाट समाजलाई माथि उठाउनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताए । सोमबार संचारिका समूह नेपाल गण्डकी प्रदेशद्वारा आयोजित महिला पत्रकारहरुका लागि दुई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी वस्तुगत रिपोर्टिङ तालिममा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मन्त्री पुनले समाजमा महिलालाई हेर्ने दृष्टि साह«ै कमजोर रहेको बताउँदै ‘संघीय संसदमा जाँदा तपाईं पनि सांसद?’ भनेर प्रश्न गरेको संस्मरण सुनाए । उनले भने— ‘महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने अझै पनि यथावत छ’, महिला पत्रकारहरुले समाजका हरेक साना साना ईश्युलाई पनि खोज पत्रकारिताको माध्यमबाट समाजलाई माथि उठाउने दायित्व महिला पत्रकारहरुको पनि हो ।’

त्यसैगरी सञ्चालिका समूहकी विना सिलवालले नेपालको दुर्गम गाउँमा महिलाहरुको अवस्था अझै पनि दयनीय रहेको बताए । उनले शिक्षा, स्वास्थ्य आदिबाट पनि महिलाहरु अनभिज्ञ रहेको र गाउँगाउँमा गएर बुझ्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा सञ्चारिका समूह नेपालका पूर्व अध्यक्ष निर्मला शर्मा, डब्लुडब्लुजेडका अध्यक्ष सरिता तिमिल्सिना, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्की जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले द्वन्द्वकालिन अवस्था र महिलाको पत्रकारिता चुनौती र अवसरबारे आआप्mना धारणा राखेका थिए ।

स्मिता अधिकारीको अध्यक्षता भएको कार्यक्रममा कविता श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रम पत्रकार महासंघको सभाहलमा दुईदिनसम्म चल्नेछ ।