
फोटोः एजेन्सी
एजेन्सी । पाकिस्तानका विभिन्न क्षेत्रमा तीन दिनको भारी वर्षा र हिमपहिरोका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । अन्तर्राष्ट्रिय समाचारअनुसार मौसमको खराबीका कारण कश्मिर र बलोचिस्तान क्षेत्रमा ठूलो क्षति भएको छ । ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मिरमा ज्यान गुमाएका छन् ।

पाकिस्तान प्रशासित कश्मिरमा मात्रै पछिल्लो २४ घन्टामा ५५ जनाले ज्यान गुमाएको जनाएको छ । हिउँपहिरोमा परी बलोचिस्तानमा २० र निलम भ्यालीमा ५९ जनाको मृत्यु भएको छ । थुप्रै मानिसहरु हराइरहेको र मृतकहरुको संख्या बढ्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।
पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
त्यसै गरी छिमेकी अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ ।