
पोखरा, १ माघ । माघे संक्रान्ति (म्हेलाङ्गे सोङ्ती) तथा नयाँ वर्ष (छारम्हेङ्ग) छन्त्याल समुदायको पनि एक विशेष पर्व हो । छन्त्याल जातिले प्रत्येकवर्ष विविध कार्यक्रम गरी मनाउँदै आएका छन् ।
छन्त्याल समुदायका लागि चाडमात्रै नभई, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् ।

नेपाल छन्त्याल संघ कास्की जिल्लाका अध्यक्ष भक्तबहादुर गरब्जाको अध्यक्षतामा पोखराको नदीपुरमा आप्mनै समुदायको भवनमा विविध कार्यक्रम गरी मनाएको छ ।

त्यसैगरी छन्त्याल संघले ‘म्हेलाङ्गे सोङ्ती’ तथा ‘छारम्हेङ्ग’को अवसरमा माघ १ देखि ५ गतेसम्म गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल एवम् खेलकुदको आयोजना गरेको छ । उद्घाटन कार्यक्रममा छन्त्याल संघ गण्डकी प्रदेशका अध्यक्ष खिम झिंराजा, प्रथम झिंराजा, पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष सु. धन भलञ्जालगायतले मन्तव्य राखेका थिए ।
मञ्चमा छन्त्याल जातिका १२ वटा थरहरु पनि उल्लेख गरेका थिए ।