मुख्यमन्त्रीद्वारा सामुदायिक भवनको उद्घाटन

-


     मर्दी न्युज    
     माघ ८ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः राजु आचार्य

स्याङ्जा ८ माघ । पुतलीबजार नगरपालिका वडा नम्बर २ स्थित ‘चिरुवा बहुउदेश्यीय सामुदायिक भवनको’ मंगलबार एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री गुरुङले सिंहदरबारको अधिकार स्थानीय तहसम्म आइपुगेको बताउँदै उनले भने– ‘जनतालाई समस्या परे सिधै मलाई भेट्नु’, उनले थपे– ‘सरकार पर्यटन र कृषिको विकासबाट सम्बृद्धि ल्याउन कटिबद्ध रहेको छ ।’
सामुदायिक भवनको लागि पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय, पुतलीबजार नगरपालिका, सोहि नगरपालिकाको वडा नम्बर २ र जन श्रमदान गरी करिब १ करोड लागतमा सामुदायिक भवनको निर्माण सम्पन्न भएको हो ।


यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम बिरसिंह गुरुङले संचालन गरेका थिए । कार्यक्रममा स्थानीय, जिल्ला तथा राष्ट्रिय तहका नेताहरुले शुभकामना दिएका थिए । सोही अवसरमा स्थानीय संस्कृतिको प्रतियोगिता तथा प्रदर्शनी पनि गरिएको थियो ।