‘असल समाज निर्माण गर्ने हामी सबैको दायित्व हो’

-


     मर्दी न्युज    
     १२ माघ २०७६ मा प्रकाशित


Mardi News

फोटोः टौ गुरुङ

स्याङ्जा, १२ माघ । ‘हर प्रहार गाउँ र नगरी – टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार पुतलीबजार नगरपालिका वडा नं. १२ मा जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रहरी सहायक निरीक्षक यमनारायण बगालेले समाजमा हुने विकृति र विसंङ्गतिलाई रोक्नको लागि सबैको भूमिका उत्तिकै महत्व रहने बताए । किशोरावस्थमा हुने सम्भावित खतराको पहिचान गरी यसलाई रोक्नको लागि अभिभावकहरु सचेत बन्नुपर्ने उनले बताए ।

प्रहरी सहायक निरीक्षक वगालेले दुव्र्यसनपछिको अवस्था, यसलाई रोकथाम गर्ने उपाय र यसको नीति नियमबारे अभिभावक तथा विद्यार्थीलाई प्रशिक्षण गराएका थिए । मानव बेचविखन, लागू औषध सेवन एवम् ओसारपोसार, जबरजस्ती करणी, बालविवाह, यौन दुव्र्यवहार, बलात्कार, जुवातास, ट्राफिक नियम आदिबारे सचेतना गराउँदै उनले भने— ‘असल समाज निर्माण गर्ने हामी सबैको दायित्व हो ।’

पुतलीबजार नगरपालिकाका १२ नं. वडाका वडाध्यक्ष दूतप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।