
फोटोः नेपाली सेना
पोखरा, १२ माघ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा हिमपातको कारण खुम्जुङ माविको सभाहल भत्किएको छ ।
भवनमा पुरिएका त्यहाँस्थित नेपाली सेनाको शम्शेर गुल्म, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनताको सहभागितामा भवनमा पुरिएका सामानहरु निकाल्ने काम भइरहेको छ ।
भत्किएको संरचनाको सामाग्रहरुलाई व्यवस्थापन नेपाली सेनाका शम्शेर गुल्मले गरिरहेको बताइएको छ । फोटोहरुः नेपाली सेना


