फोटोः एजेन्सी
एजेन्सी १४ माघ । चीनमा कोरोनोभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १ सय ६ पुगेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म झन्डै ४ हजार जनाभन्दा बढी व्यक्ति उक्त भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
अत्याधिक तीब्र रुपमा चीनमा फैलिएको छ । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ ।
भाइरस शुरू भएको वुहान शहर र त्यस हुवे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
चीनभन्दा बाहिर पनि यसको संक्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ६५ जना संक्रमणका घटना भएको साउन चाइना मर्निङ पोष्टले जनाएका छन् ।
चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको बिबिसीले उल्लेख गरेको छ । अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएको बिबिसीले जनाएका छन् ।