एमसीसी पास गर्न संसदमा देउवाको माग

-


     मर्दी न्युज    
     माघ १४ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग तत्काल संसद्बाट पारित गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनेक्रममा सभापति देउवाले विभिन्न शंका–उपशंका गर्न छाडेर एमसीसी पास गर्नतिर लाग्नु पर्ने बताएका हुन् ।

देउवाले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले एमसीसीको अनुदान स्वीकार गर्ने निर्णय गरेको स्मरण गराए । अमेरिकी यति ठूलो सहयोग पहिलोपटक आउन लागेको भन्दै देउवाले यससँग सैनिकको विषय नजोडिएको प्रस्ट्याए ।