
एजेन्सी, १७ माघ । चीन हुवे प्रान्तमा कोरोनोभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्यामा दैनिक नयाँ रेकर्ड कायम गरेको छ । विहीबार मात्र हुवे प्रान्तमा संक्रमणबाट ४२ जनाले ज्यान गुमाएको साउथ चाइना मर्निङ पोष्टमा उल्लेख छ ।
चीनमा मात्र कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या विहीबारसम्म २ सय १३ पुगेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म चीनमा मात्र संक्रमणको संख्या ९ हजार ३ सय ५६ जना पुगेको छ । दर्जनभन्दा बढी अन्य देशका गरी हालसम्म ९ हजार ४ सय ८० जना उक्त भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
हुवान प्रान्तबाट सुरु भएको यस भाइरसको शंकामा ३२ हजारभन्दा बढीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गराइरहेको छ भने संक्रमितमध्ये २ सय ९० जनाको अवस्था गम्भीर रहेको उक्त पोष्टले जनाएको छ ।