काठमाडौं, १७ माघ । यौन दुव्र्यवहारको आरोपमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले बिहीबार निलम्वन गरेको हो ।
बिहीबार एसएसपी राणालाई निलम्वन गर्ने निर्णय भएको भएको गृह प्रवक्ता केदार शर्माले बताए । थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार भएको उनले जानकारी दिए ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले यौन दुर्व्यवहार गरेको भन्दै धरानकी एक महिलाले उजुरी दिएकी थिइन् ।