
सांकेतिक फोटो
पोखरा, माघ १७ । यही आउँदो माघ २० देखि २२ गतेसम्म पोखरामा हुन गइरहेको विश्वशान्ति पूजाको तयारी तीब्र पारिएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुने उक्त पूजाको लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको परिसरलाई सरसफाई, आवश्यक रङरोगन गरिसकिएको छ भने मञ्च व्यवस्थापन तथा प्रचार प्रसारको काम तीब्र पारिएको पूजाका संयोजक हरिध्वज तुलाचनले बताए ।
माघ २० गते विहान प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले शान्तिदिपलाई लुम्बिनीबाट हस्तान्तरण गरी सोही दिन पोखरा ल्याई हेम्जास्थित शाक्य गुम्बामा राखिने छ । माघ २१ गते बिहान साढे ७ बजे हेम्जाबाट शान्तिदिपलाई पोखरा, लेकसाइडको हल्लनचोक ल्याउने त्यससँगै विविध साँस्कृतिक झाँकी ¥यालीसहित लेकसाइड परिक्रम गरी अन्तर्राष्ट्रि पर्वतीय संग्रहालयमा पु¥याइनेछ । उक्त अवसरमा बौद्ध ग्रन्थ काङ्ग्युर तेङ्ग्युर पाठगरी बजार परिक्रमाको कार्यक्रम राखिएको तुलाचनले बताए ।
मध्यान्ह १२ बजे बज्रकिलाय मुकुट नृत्य प्रदर्शन गरिनेछ । माघ २२ गते बिहान ९ बजे अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस मनाउने र दिउँसो १ बजेबाट वाङ(अभिषेक) का साथै धार्मिक प्रवचन गरी कार्यक्रम समापन गरिने उनले बताए । १७ नम्बर वडामा हुन गइरहेको यस्तो महत्वपूर्ण कार्यक्रममा आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गर्ने र उत्साहजनक उपस्थितिको लागि वडाबासी युवा र आमा समुहहरुलाई जानकारी गराउने वडा नम्बर १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले बताए ।