पोखरा, २३ माघ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको सत्रौं वार्षिकोत्सवले शेषकान्त शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तेस्रो विश्व शान्ति पूजाको अवसर तथा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयको दिवसको दिन बुधबार भएको सत्रौं वार्षिकोत्सवले शर्मालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसै गरी सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा लाक्प डन्डुप लामा, सचिवमा सुदिप गौतम, कोषाध्यक्षमा विकास गुरुङ र समितिका सदस्यहरुमा तुलसीप्रसाद सुवेदी, मनशान्त घिमिरे, साने गुरुङ, पासाङ ग्याल्जेन शेर्पा, डिक्की कार्की, मुख्या लामा, गंगाबहादुर घले, पुष्पा तिलिजा पुन, दिपेशबाबु सुवेदी, टासी पासाङ गुरुङ र गुणराज बास्तोला चयन भएको छ ।
नवगठित कार्यसमितिलाई केन्द्रीय महासचिव कुलबहादुर गुरुङले सफल कार्यकालको शुभकामना दिंदै सपथ खुलाएका थिए ।