
पोखरा, २३ माघ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसदले बिहिबार प्रतिनिधि सभाको बैठकमा राजनीतिक पुर्वाग्रहका आधारमा वियजकुमार गच्छादारलाई फसाईएको भन्दै संसद अवरुद्ध गरेको छ । कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हो ।
काँग्रेसको अवरोध पछि संसद शुक्रबार सम्मको लागि स्थगित भएको छ ।
संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नेकपाको नेतालाई भने उमुक्ति दिएकोमा आपत्तिसमेत प्रकट गरेकी थिईन । राज्यले राजनीतिक पुर्वागह्र लोकतन्त्रको धज्जी उडाएको बताएकी छिन् । उनले अख्तियार राज्यको प्रभावमा आएको आरोप समेत लगाएकी थिईन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।