पोखरा, २४ माघ । आज शुक्रवारबाट विरुवा गाउँपालिका–३ को राङभाङमा लाटेकोसेरे तथा हुचिल उत्सवको आयोजना हुँदैछ । सो उत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको उत्सवका संयोजक बालकुमार गुरुङले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबको आयोजनामा स्याङ्जा जिल्लाको राङभाङ–भैंसेगौंडामा नवौं ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ को सम्पूर्ण तयारी भएको गुरुङले बताए । यो उत्सव संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको सम्मेलन पनि हुने उनले बताए ।
लाटोकोसेरो तथा हुचील उत्सवको लागि बर्दिय, धनगढी, काठमाडौं, पोखरालगायतका विभिन्न ठाउँबाट विहीबार नै राङभाङ पुगेको छ । शुक्रवार बिहान चरा अवलोकन गरिरहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।
नेपालमा ८ सय ८७ प्रजातिका चराहरु पाइन्छ भने विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने प्रकृतीका साथी संस्थाका निर्देशक राजु आचार्यले बताए । ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन् । लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।
तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पदमार्ग (सहस्राब्दी पदमार्ग) अन्तर्गत करिब बीच भागमा राङभाङ भैंसेगौंडा पर्दछ ।