काठमाडौं, २७ माघ । सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।
सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको ललितपुर प्रमुख एसएसपी राईले जानकारी दिए । घटना कसले र किन गरायो भन्ने खुलेको छैन ।