
स्याङ्जा, २८ माघ । पुतलीबजार नगरपालिका वडा नम्बर १२ मा रहेको साँग्रिला युवा क्लबले आयोजना गरिएको वडास्तरीय भलिवल प्रतियोगितामा राङखोला युवा क्लब, पुतलीबजार नगरपालिका वडा नं. १० प्रथम भएको छ ।
वडास्तरीय भलिवल प्रतियोगितामा साँग्रिला युवा क्लब, सिम्ले दोश्रो, जनहित युवा क्लब, वालिङ नगरपालिका वडा नं. ३ तेस्रो भएको छ । विजयी क्लबहरुलाई क्रमश ४७ हजार, ३५ हजार, २० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको छ ।

साँग्रिला युवा क्लबले माघे पूर्णिमाका अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता आयोजना गरेको हो । भ्रमण वर्ष २०२० लाई केही हदसम्म भएपनि सफल पार्न प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष विशाल गुरुङले बताए ।
माघ २० देखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् समाजसेवी ठोकबहादुर गुरुङले मौलिक संस्कृतिलाई संरक्षण गरी आयआर्जनसँग जोड्नुपर्ने बताए ।
प्रतियोगितामा १९ टीमको सहभागिता रहेको थियो ।