
एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ संक्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ । यद्यपी विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट संक्रमित हुनेहरूको संख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने बताएको छ ।
‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,’ डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने । यसअघि चीनले कोरोनाभाइरस संक्रमण देखा पर्नेको संख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो ।
भाइरसका कारण अहिलेसम्म १३ सय ६३ को मृत्यु भइसक्यो भने ६० हजार ६२ जना संक्रमित भइसकेका छन् । उपचारपछि घर फर्कनेको संख्या पनि ५ हजार ६ सय ८० चिनियाँ अधिकारीहरुले बताएका छन् ।