
काठमाडौं, १ फागुन । नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बस र काठमाडाबाट चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटी एक आपसमा ठोक्किदाँ उनको ज्यान गएको हो ।
गजुरी–२ चाम्बास भन्ने ठाउँको घुम्तीमा बस र स्कुटी एक आपसमा जुधेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ भने उनको शव पोस्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
कारवाही, चलचित्रबाट डेब्यु गरेकी सिलवालले अप्रिल फुलु, चिर्यस, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् ।