आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

-


     मर्दी न्युज    
     फागुन २ गते २०७६ मा प्रकाशित


आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।

आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन डे अथार्त प्रणय दिवसलाई लिईन्छ ।

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फेब्रुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।

खासगरी पश्चिमा देशहरुमा धुमधामसँग मनाईने भ्यालेनटाईन डे लाई नेपालमा पनि युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् ।

खासगरी किशोर–किशोरीहरुले आ–आफ्ना प्रेमी प्रेमीकासँग माया साटासाट गरिरहेका छन् । विभिन्न पार्क तथा सार्वजनिक स्थानहरुमा पे्रम गर्ने जोडीहरुको संख्या बाक्लै देख्न सकिन्छ ।