पोखरा, ३ फागुन । कोरोना भाइरसको प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८० जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली आज शनिबार चीन जाँदैछ ।
भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो । नेपालमा ल्याए पनि उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसंग भेट्न पाउने छैनन । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने छ । त्यसको लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिनेछ ।
चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ ।
यात्रुहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका व्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ, शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुपर्ने, शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छ । यदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुपर्ने जस्ता जानकारी यात्राको क्रममा दिइनेछ ।
यस्तै आफ्नो स्वमुल्याङ्कंन फारम जहाजबाट झर्नु भन्दा आधा घण्टा अघि मात्र भर्नुपर्ने, आवस्यकता अनुसार जहाज दलका सदस्य तथा स्वास्थ्य टोलिका सदस्यले नियमितरुपमा अनुगमन तथा निरीक्षण गर्ने , काठमाडौ विमानस्थालमा जहाजबाट उत्रनु भन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कने, अन्य यात्रुहरूसँग कुराकानी गर्दा होशियारी अपनाउनुपर्ने जस्ता सामान्य विषयमा यात्रुहरुलाई जानकारी दिइनेछ ।
प्रत्येक स्क्रिनिङ्ग टिममा तालिम प्राप्त मेडिकलअफिसर, नर्स र प्यारामेडिक्स गरी २ जनाको समूह छन् हुने छन् । चीनबाट नेपाल ल्याइने नेपालीहरु पूर्ण स्वस्थ हुने र उनीहरुलाई चीनको विमानस्थलमा समेत स्वास्थ्य परीक्षण गरिनेछ ।