
काडमाडौं, फागुन ३ गते । चीनको बुहानमा रहेका नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमका विमान काठमाडौंबाट बुहानका लागि शनिबार अपरान्ह उडेको छ ।
सो विमानले आइतबार नेपालीहरूलाई काठमाडौं ल्याइ पु¥याउने कार्यक्रम रहेको छ । नेपाल वायुसेवा निगमका एयर बस ३३०मा १६ जना नेपालीको टोली रहेको र जसमा तीन पाइलट , छ जना क्याविन क्रु , चार जना नेपाली सेनाका चिकित्सक एक जना इञ्जिनियर तथा एक लोडमास्टर रहेको प्रधानमन्त्रीको कार्यालयका सविच नरायण प्रसाद बिडारीले जानकारी गराउनुभयो
सरकारले कोरोना भाइरस ९कोभिड १९० को उद्गमस्थल चीनको वुहानबाट नेपाल ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।
क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ ।