काठमाडौं, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान करिब ४ बजे काठमाडौंमा अवतरण गरेको छ ।
बुहानबाट नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान १ सय ७५ नेपालीलाई लिएर बुहान विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो । बुहानबाट शुरुमा १ सय ८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि ६ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले बुहानमै रहने निर्णय गरेका थिए ।
वुहानका नेपालीलाई लिन चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । १ सय ७० विद्यार्थीसहित १ सय ७५ जनालाई बिहान ३ः३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।
बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।