महराविरुद्धको मुद्दा फैसला आज

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७६ मा प्रकाशित


काठमाडौँ, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे जिल्ला अदालत काठमाडौंले आज फैसला गर्दैछ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएकामा आज फैसला सुनाइने भएको हो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लभ मैनालीलगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । आइतवार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

संघीय संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।