बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७६ मा प्रकाशित


काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

संसद सचिवालयकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाई दिएको हो । बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए । आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।