पाँच हप्ते ट्रेकिङ गाइड तालिम सम्पन्न

-


     मर्दी न्युज    
     ७ फाल्गुन २०७६ मा प्रकाशित


mardi news

पोखरा, फागुन ७ गते । नेपाल माउण्टेन एकेडमी काठमाडौको आयोजना तथा माछापुच्छ«े नमुना पदमार्ग व्यवस्थापन समितिको व्यवस्थापनमा ५ हप्ते ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ ।

पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा आज बुधवार सम्पन्न भएको तालिममा विभिन्न जिल्लाका गरी ७२ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रतिष्ठानका प्रवन्ध निर्देशक रोमनाथ ज्ञवालीले यस वर्ष १० हजार दक्ष जनशक्ति पर्यटन क्षेत्रमा उत्पादन हुने जनाउनु भयो । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव यमप्रसाद पोखरेलले देशको पर्यटन क्षेत्रमा गाइडहरुको भूमिकाको बारेमा बोल्नु भएको थियो ।


समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) ले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएकोले नेपाल भ्रमण वर्ष २०२० सबैको लागि महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमको सभापतित्व माछापुच्छ«े नमुना पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर गुरुङले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन तालिम संयोजक कुलप्रसाद अधिकारीले गर्नु भएको थियो । माछापुच्छ«े गाउँपालिकाका विभिन्न ठाउँका ‘होमस्टे’ संचालकहरुको उपस्थिति तथा साँस्कृतिक नृत्यसहित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।