बङ्गाल ट्राभल मार्ट सुरु

-


     मर्दी न्युज    
     फागुन १० गते २०७६ मा प्रकाशित


सिलगुडी, भारत । भारतको उत्तर पूर्वी सहरमा पोखराको प्रवद्र्धन गर्न शुक्रवार प्रस्थान गरेका पर्यटन व्यवसायीहरु पश्चिम बङ्गालको सिलगुढी पुगेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा २१ जनाको टोली भारततर्फ लागेको हो ।

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलको नेतृत्वमा रहेको ‘भारत सेल्स मिसन २०२०’ को संयोजन राजेश पहारीले गरेको पर्यटन व्यवसायीहरुले बङ्गाल ट्राभल मार्ट (बीटीएम) मा सहभागी भएका छन् । आजबाट शुरु भएको उक्त ट्राभल मार्ट २४ फेब्रुअरीसम्म चल्ने छ ।

बीटीएममा नेपालको तर्फबाट पोखराका होटल, ट्राभल, टे«ेकिङ, माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राखेका छन् । फागुन ११ मा बीटीएममै ‘पोखरा नाइट’ हुने छ । उक्त नाइटमा पोखरा सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुती समेत राखिने छन् ।

बीटीएममा पोखराका पर्यटन व्यवसायीहरुका केही गतिविधिहरु (फोटो फिचर)