
फोटोः एजेन्सी
एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमितहरु विभिन्न देशमा फैलिएको छ । चीनको छिमेकी राष्ट्र दक्षिण कोरियामा एकै दिनमा दोब्बर कोरोना भाइरसको संक्रमित भेटिएको भोलिपल्ट इटलीमा सबैभन्दा धेरै उक्त भाइरसबाट संक्रमित भेटिएको छ ।
युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न ‘असाधारण उपाय’ अपनाउने बिबिसीको समाचारमा उल्लेख गरिएको छ ।
कोभिड–१९ का बिरामीहरूको संख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेको समाचारमा उल्लेख छ । आपतकालीन घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड–१९ का कारण मृत्यु भएपछि भएको हो ।
इटलीका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरका ५० हजारभन्दा बढी मानिसलाई घरभित्रै रहन भनिएको छ । प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको समाचारमा उल्लेख छ । त्यहाँका सबै विद्यालय र खेलकुद गतिविधिहरू बन्द गरिएको छ ।
कोरियामो संक्रमितको संख्या ५ सय ५६
चीनको हुबे प्रान्तबाट गत वर्ष शुरू भएको कोरोनाभाइरसबाट कोरियामा आइतबार बिहानसम्म ५ सय ५६ जना संक्रमित भएको त्यहाँको एक अनलाइन समाचारले जनाएको छ । शुक्रवार सम्ममा ४ सय ३३ जनामा संक्रमित पुष्टी भएकोमा शनिवार एकै दिन थप १२३ जनामा भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै दक्षिण कोरियामा ५ सय ५६ जनामा कोरोना भाइसर संक्रमणको पुष्टी भएको छ ।
कोरियाका स्वास्थ्य अधिकारीकाअनुसार ४ जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ ।
चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको संख्या घटेको छ । चीनमा आइतवार बिहानसम्म ७६ हजार ९३६ संक्रमण र २ हजार ४४२ मृत्यु भइसकेको पुष्टि भएको छ ।