पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी/एमएस परीक्षा रद्द

-


     मर्दी न्युज    
     फागुन ११ गते २०७६ मा प्रकाशित


पोखार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिवार दिउँसो परीक्षा लिएर सोही राती परीक्षा रद्द गरेको छ । प्रतिष्ठाले एमडी र एमएस तहको परीक्षा नै रद्द गरेको सूचनामार्फत जानकारी गराएको छ । पोखराको अमरसिंह नूमना माविमा शनिवार एमडी र एमएसको परीक्षा लिइएको थियो ।

पोखराको अमरसिंह माविमा भएको उक्त परीक्षामा केही विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएको दावीसहित केहीले बहिष्कार गरेका कारण परीक्षा रद्दा गरिएको बताइएको छ ।

प्रतिष्ठानले लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि आवेदन माग गरेको थियो । प्रतिष्ठानका अनुसार १ हजार ३७ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसका लागि ४ हजार १ सय परीक्षा शुल्क तोकिएको थियो ।

शनिवार राती प्रष्तिष्ठानका डीन प्राध्यापक डाक्टर नरेन्द्रबिक्रम गुरुङले सूचना टाँस गरी अर्को व्यवस्था नहुञ्जेलसम्म परीक्षा रद्द गरिएको जनाए ।