पोखरामा ३८ औं मगर एकता दिवस (फोटो फिचर)

-


     मर्दी न्युज    
     १५ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, १५ फागुन । नाकमा बुलाकी । काँधमा धलेक । चौबन्दी चोली अनि रातो घाँघरा । युवादेखि प्रौढसम्म । बच्चादेखि वृद्धसम्म । सबै एकैथरि पोशाकमा । पोखराको चिप्लेढुङ्गादेखि रंगशाला गेटसम्म विभिन्न मागसहित नारा लगाउँदै देखिए मगर समुदाय । सवारीसाधनको अस्तव्यस्त, ट्राफिकलाई सवारीसाधन मिलाउन एक घण्टा जति निक्कै नै हम्मे हम्मे प¥यो ।

३८ औं मगर एकता दिवसमा मगरहरु आफ्नै पोशाक, आफ्नै खाना र चालचलन र शैलीमा देखिएका हुन् । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ ।

मगरहरुको महोत्सव नै चल्यो दिनभर । चौबन्दी चोली अनि रातो पटुकीमा नाच्दै रमाउँदै मगरहरुले एकता दिवस मनाए । लखन थापाको सम्झना गरे । फागुन १५ लाई मगर एकता दिवसको रुपमा मान्यता दिन माग गरे । सरकारले अरु समुदायका चाडबाडमा सार्वजनिक विदा दिँदा मगर एकता दिवसमा किन नदिने ?–उनीहरुले तर्क गरे ।

नेपाल मगर संघ जिल्ला समन्वय समितिले विगतका वर्षहरूमा जस्तै विभिन्न कार्यक्रम गरी पोखरामा यो दिवस मनाएको हो । मगर दिवसमा समितिले ऐतिहासिक पुस्तक, पत्रपत्रिका समेत प्रदर्शनी गरेका थिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा भएको ३८ औं मगर एकता दिवसमा बोल्दै मगर तथा आदिवासी जनजाति नेताहरुलगायतले मगर एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे । मगर दिवसको फोटोहरुः