फोटोः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
काठमाडौं । सरकारले नेपाल–भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । विहीवार मन्त्रिपरिषद्को फागुन ५ र १२ गते बसेको बैठकको निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री समेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा खतिवडाले पूर्वाधार विकास करको दर परिर्वतन गरिएको र विगतमा पाँच रुपैयाँ लिईंदै आएको अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइने बताए ।
मन्त्री खतिवडाले सरकारले बीरगंजमा बीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये छ विगाहा जग्गा बिक्री गर्न स्वीकृति दिएको, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि दोस्रो संशोधन नियमावली स्वीकृत गरेको जानकारी गराए ।
यसैगरी सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर (१८ भैसेँपाटी)लाई नियुक्त गर्न स्वीकृत दिएको छ । यस अगाडि आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट राजीनामा दिएका थिए ।
सरकारले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जनालाई मनोनयन गरेको छ ।
यस्ता छन् २०७६ साल फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः