सिरियाले गरेको हवाई हमलामा ३४ टर्कीस सेनाको मृत्यु

-


     मर्दी न्युज    
     १६ फाल्गुन २०७६ मा प्रकाशित


एजेन्सी । सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा ३४ जना सेना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । सञ्चारमाध्यमका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी संख्यामा सैन्य अधिकारीहरू घाइते भएको पनि बताएका छन् ।

द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएको बताइएको छ । घटनापछि टर्कीका राष्ट्रपति रेजेप तैयीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएको बताइएका छन् ।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन हमला गरेको हो । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेका छन् ।

यता टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका बताउँदै त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ ।

तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएको बिबिसीले जनाएको छ ।