
एजेन्सी । अमेरिकाको उत्तर पश्चिममा रहेको वाशिङटन राज्यमा कोरोनाभाइरसका संक्रमणका कारण अमेरिकामै पहिलो पटक मृत्यु भएको बताइएको छ । केही दिन अघिदेखि स्वास्थ्य समस्या रहेका ५० वर्षिय एक पुरुषको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले बताएका छन् ।
यसैगरी पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण अष्ट्रेलियमा पनि एक ७८ वर्षीय पुरुषको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता संक्रमितहरू ‘देखिन सक्ने’ भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन् ।
विश्वभर ८५ हजारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको र चीनबाहेक अन्य देशका ३ हजार जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।