प्रचण्डलाई लक्षित गर्दै राष्ट्रियसभा गृहमा जुत्ता प्रहार

-


     मर्दी न्युज    
     फागुन १८ गते २०७६ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आइतबार आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिसकेर सिटमा फर्किने क्रममा दर्शकदीर्घबाट उनलाई ताकेर जुत्ता प्रहार भएको र जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ भने उनको परिचय खुल्न बाँकी छ ।